• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पाउने भए होस्दीवासीले शुद्ध पिउने पानी


शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

रामपुर – गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय ।

Advertisement

वर्षौँदेखि खानेपानीको आशामा रहेका यहाँका स्थानीयले अहिलेसम्म पनि सफा, शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन् । सरकारको ‘एक घर, एक धारा’ कार्यक्रमअनुसार घर–घरमा शुद्ध पिउने पानी पु¥याउने उद्देश्यले यहाँ होस्दी लिफ्टिङ खानेपानी आयोजना सुरु भएको छ । शुद्ध पिउने पानी उपभोग गर्ने स्थानीयको वर्षौँदेखिको सपना पूरा हुँदैछ ।

यसै आर्थिक वर्षदेखि होस्दी गाउँका करिब ८० परिवारलाई लक्षित गरेर खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ । गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढेपछि वर्षौँदेखिको घर–घरमा धारा जडान गरेर शुद्ध पिउने पानी उपभोग गर्ने सपना साकार हुन लागेकामा धेरै खुसी लागेको समाजसेवी तथा ९४ वर्षीय ज्येष्ठ नागरिक नुनबहादुर राना बताउँछन् ।

“खोलाका किनार, कुवाबाट पाइपमा ल्याइएको पानी वर्षामा लेदो पस्ने, पाइप बुझिने समस्या, हिउँदमा पानी सुक्दै जाँदा घरमा आइपुग्न मुस्किल, खानेपानी अभावमा धेरै समस्या भोगियो”, उनले भने, “अब त लिफ्टिङ योजना परेको छ, घर–घरमा धारा जडान गरेर पानी ल्याउने योजनाअनुसार गाउँमा काम भइरहेको छ ।”

सङ्घीय सरकारको रु ८० लाख क्रमागत बजेट सहयोगमा आयोजना सुरु भएको हो । बोरिङ निर्माण, ३० हजार लिटर र ५० हजार लिटरका ट्याङ्की निर्माण, फिल्टर ट्याङ्की, विद्युतगृह र हेरालु आवास भवन, चारैतिर पर्खाल निर्माणको काम सम्पन्न भएको छ । होस्दी गाउँबाट करिब तीन सय मिटरमाथि छापडाँडामा दुईवटा ५० हजार लिटरका रिजर्भ ट्याङ्की निर्माणको काम सकिएको छ । आयोजनास्थलबाट गाउँमा पाइप लाइन बिछ्याउने काम भने बाँकी छ ।

स्थानीयवासीले बस्तीदेखि करिब पाँच सयदेखि आठ सय मिटर पर रहेको भालुखोला र जामुनेखोलाबाट पानी ल्याएर दैनिक उपभोग भइरहेको छ । खानेपानीको दिगो र भरपर्दो स्रोत नहुँदा खोलाका किनारमा रहेका मूलबाट ल्याइएको पानीमा कहिलेकाहीँ पाइपभित्र गेग्रान, माटो, ढुङ्गा पसेर पानी बन्द हुने, खडेरीयाममा पानीको अभाव यहाँका स्थानीयले धेरै सास्ती झेल्नु परिरहेको छ ।

बस्तीको माथिल्लो भागमा गेब्दीखोला सामुदायिक वन, तलको भागमा कालीगण्डकी नदी रहेता पनि यस क्षेत्रका जमिन सुक्खा छन् । कालीगण्डकी नदीको बहेको पानीलाई लिफ्टिङ प्रणालीमार्फत उपभोग गर्न नसक्दा यहाँका उर्वराशील जमिन सुक्खा बनेका छन् ।

रामपुर नगरपालिका १० का वडाध्यक्ष तोयानाथ सारुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका होस्दी क्षेत्रका स्थानीयलाई अब छिट्टै नै आयोजनाको काम सम्पन्न गरी घर–घरमा पानी वितरण गर्ने तयारी रहेको बताउँछन् ।

“अहिले उपभोग गरिरहेको पानी सफा, शुद्ध र स्वच्छ छैन, विभिन्न निकायमा ल्याब परीक्षण गर्न पठाउँदा खानयोग्य नभएको, चुनापानी बढी भएको पुष्टि छ, स्थानीयवासीले दूषित पानी उपभोग गरिरहनुपरेको छ”, उनले भने ।

आर्थिक वर्ष २०८०÷८१ भित्रमा नै योजनाका काम सम्पन्न गरेर घर–घरमा धारा जडान गरी खानेपानी पु¥याउने लक्ष्यअनुसार काम धमाधम भइरहेको अध्यक्ष सारुले बताए । सरकारको ‘एक घर, एक धारा’ खानेपानी बनाउने नीतिअनुसार सबैका घर–घरमा शुद्ध, सफा र स्वच्छ खानेपानी पु¥याउन ल्याइएको यस योजनाले स्थानीयलाई ठूलो राहत हुने लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ बताउँछन् ।

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.