• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मधेस प्रदेशमा पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ अपरिहार्य


शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित

जनकपुरधाम– नयाँ वर्ष विसं २०८० को पहिलो दिन आज मधेस प्रदेशका प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दो छ ।

Advertisement

सिमाना जोडिएका क्षेत्रमा भारतीय नागरिक र अरु क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल छ । विशेष गरी सिरहाको सलहेस फूलबारीमा वैशाख १ गते मात्रै फूल्ने भनिएको फूल हेर्न लाग्ने मेला भर्न छिमेकी देश भारत र प्रदेशका अरु जिल्लाबाट हजारौँ नागरिक सहभागी भइरहेका छन् ।

त्यसैगरी जनकपुरधामको विश्वप्रसिद्ध जानकी मन्दिर, धनुषाधाम, सर्लाहीको मानवनिर्मित भरत ताललगायतका क्षेत्रमा मानिसको चहलपहल बढ्दो छ । नयाँ वर्षमा मात्रै होइन यहाँका आठ वटै जिल्लामा रहेका मुख्यमुख्य धार्मिक शक्तिपीठ, प्राकृतिक तालतलैया र रमणीयस्थलमा बाह्रै महिना चहलपहल हुन्छ ।

मधेस प्रदेशमा पर्यटनका विविध क्षेत्रमा प्रचुर सम्भावना छन् तर योजनाबद्ध विकासका लागि ‘पर्यटन गुरुयोजना’ नै नहुँदा यहाँका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक महत्वका क्षेत्रको उचित विकास हुन सकेको छैन । त्यसै कारण यहाँ आउने आउने पर्यटकबाट उचित लाभ लिन सकिएको छैन ।

देश प्रादेशिक संरचनामा जानुअघि केन्द्र सरकारले यहाँको पर्यटन विकासका लागि योजनाबद्ध विकास, पर्यटकीयस्थलको सुधार तथा प्रचारप्रसारमा ध्यान दिन सकेन । प्रादेशिक संरचना निर्माण भएको छ वर्ष हुनलाग्दा पनि प्रदेश सरकारले समेत गुरुयोजना बनाउन सकेको छैन ।

मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले पनि अहिलेसम्म पर्यटन पूर्वाधार निर्माण र अरु गतिविधि गर्नका लागि गुरुयोजना नभएको बताए । उनले सङ्घ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रसमेतको समन्वयमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धनका काम गर्न प्रदेश सरकारले विगतदेखि नै पर्यटन गुरुयोजना बनाएर काम गर्ने भने पनि त्यसले मूर्तरुप पाउन नसकेको बताए ।

मुख्य धार्मिक, सांस्कृतिक एवं पर्यटकीयस्थलको सुधार, भौतिक संरचना निर्माण र आन्तरिक एवं बाह्य पर्यटकीय गतिविधि बढाउने उद्देश्यले आवश्यक कार्य गर्न पहल भने भइरहेको उनको भनाइ छ ।

प्रदेशसभा सदस्य रामआशीष यादवले आफूहरुले पहिलो कार्यकालमा पर्यटन क्षेत्र हेर्ने विभागीयमन्त्रीलाई र सरोकारवालालाई मधेस प्रदेशको पर्यटन सम्भावनाको उचित विकास र त्यसबाट बढीभन्दा बढी लाभ लिने गरी योजना अगाडि सार्न आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताए ।

पर्यटन भ्रमण वर्ष सन् २०२० मा प्रदेश संयोजकको भूमिका निर्वाह गरिसकेका प्रतिनिधिसभा सांसद मनिष झाले आफ्नो नेतृत्वमा मधेस प्रदेशमा ४० वटा पर्यटन गन्तव्यको पहिचान गरी सरकारलाई बुझाए पनि ति क्षेत्रमा अहिलेसम्म योजनाबद्धरुपमा ठोस गतिविधि बढ्न नसकेको बताए ।

मधेस प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि पर्यटकीयस्थलको विकास गर्ने नीति अगाडि सारेको छ । जसमा ‘प्रादेशिक पर्यटन पूर्वाधार, आन्तरिक पर्यटनको आधार’ भन्दै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय क्षेत्रलाई विकास र प्रवद्र्धन गर्न दीर्घकालीन नीति लिने, प्रादेशिक गुरुयोजना निर्माण गरी प्रत्येक जिल्लामा न्यूनतम एक पर्यटकीय गन्तव्यस्थलको विकास गरिने भनिएको छ ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयका योजना अधिकृत लालबाबु यादवले पर्यटन विकासका लागि चालु आर्थिक वर्षमा रु एक अर्ब १५ करोड बजेट विनियोजन गरी पर्यटन क्षेत्र विकासका लागि काम भइरहेको र एक जिल्ला एक पर्यटकीय गन्तव्यथलको विकास गर्न आठ वटै जिल्लामा करिब १८ करोडका योजना कार्यान्वयनमा आएको जानकारी दिए ।

 

शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.