• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विसु पर्व मनाउन घर फर्किदै


    Avatar photo
बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

खलङ्गासँगै जिल्लाका अन्य नाकाबाट धेरै सङ्ख्यामा विसु पर्वका लागि घर फर्किनेको लर्को लागेको छ । सिस्नो लगाएर मनाइने यस पर्वलाई विसु, बिस्का वा विस्पति पर्व भन्ने गरिन्छ । वैशाख १ गते मेष सङ्क्रान्ति पनि हो ।

Advertisement

यो दिनमा मिठा परिकार पकाउने, खाने र खुवाउने गरिन्छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख एक गते सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पनि देउडा खेल्दै, सिस्नु लगाउँदै विसु पर्वसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने चलन रहेको शैल्यशिखर नगरपालिका–७ का वडाध्यक्ष पुष्पराज जोशीले बताउनुभयो ।

विसु पर्व मनाउन घरभित्र र घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई मुख्य रूपमा हेरिने गरिएको छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले विसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिएको छ । आफ्ना शरीरका प्रत्येक अङ्गलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफापानीले पखाल्दै जानुपर्ने मालिकार्जुन गाउँपालिका–३ का ८५ वर्षीय भानसिंह धामी बताउनुहुन्छ ।

दार्चुलाका वस्तीमा विशुको दिन एक अर्कामा सिस्नो लगाउने चलन रहेको छ । यसरी सिस्नो लगाउँदा शरीरमा भएको विष हटेर जाने यहाँका स्थानीयको भनाइ छ । नुहाइधोइ गरी नयाँ वर्षका दिन शरीरमा सिस्नो लगाएपछि वर्षभरिमा रोग नलाग्ने जनविश्वास छ । सहर बजारमा नयाँ वर्षलाई जे जसरी मनाए पनि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय सामग्रीबाट मिठा परिकार बनाएर विसु पर्व मनाइने गरिन्छ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते मनाउने विसु पर्वको मुख्य आकर्षण भनेको विशेष गरी देवर र नन्दले भाउजुलाई खोजीखोजी सिस्नु लगाउने चलन रहेको लेकम गाउँपालिका–४ का गोविन्द धामीले बताउनुभयो । जीवनभरि जेठाजुले भाइबुहारीलाई छुन नहुने तर देवरलाई छोरा समान मान्दै यो दिन देवर भाउजुले एक अर्कोलाई सिस्नुपानी लगाउँदै रमाइलो गर्ने गर्दछन् । विसु पर्वलाई दार्चुलाको मार्मा गर्खाले विशेष महत्वका साथ मनाउने गरेको मार्मा गाउँपालिकाका अध्यक्ष जमन धामीले बताउनुभयो ।

जिल्लाका सबै ठाउँमा विसु पर्व मनाउँदै आए पनि मार्मा क्षेत्रमा विशेष महत्व दिइन्छ । परम्परादेखि जिल्लालाई व्यास, दुहु, मार्मा र लेकम गर्खामा विभाजन गरेको थियो । मुलुक सङ्घीय संरचनामा गएदेखि मार्मा गर्खामा नौगाड, मार्मा र अपी हिमाल गाउँपालिका पर्छन् ।

विसुमा मार्मा गर्खाको सिप्टी र घोल्जरमा भव्य रूपमा ठूलो जात्रा लाग्ने गरेको छ । विसुको अघिल्लो दिनको दिउँसोबाट सिप्टीमा लाग्ने जात्रा लगातार तीन दिनसम्म लाग्ने गरेको छ । तीन दिनसम्म जात्रा लागे पनि मुख्य जात्रा विसुको दिन लाग्ने गरेको छ । कुनै पनि पर्व मनाउनुको उद्देश्य त्यसबाट आफन्तसँग भेटघाट हुनु, पर्वद्वारा भरपूर मनोरञ्जन प्रदान गर्नु र संस्कृतिको जगेर्ना गर्नु मुख्य उद्देश्य रहेको स्थानीय जानकार बताउँछन् ।

भारत गएका विसु मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ । विसुका लागि भन्दै सदरमुकाम खलङ्गाको नाका भएर मात्रै दैनिक सयौँको सङ्ख्यामा भारतका विभिन्न क्षेत्रबाट काम गरेर नेपाली घर फर्किरहेका छन् ।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.