• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

खानेपानीका मूल जोगाउन ताल संरक्षण


बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

गलकोट– पछिल्लो समय जथाभावी सडक निर्माण गर्दा मूल सुक्दै जान थालेका छन् । बर, पिपल चौतारी र पोखरी क्रमशः मासिँदै जाँदा मूलसमेतमा प्रत्यक्ष असर पर्न थालेपछि बागलुङको काठेखोला गाउँपालिकाले वस्तीमाथिको ताल संरक्षण गर्न थालेको छ ।

Advertisement

उक्त गाउँपालिका–४ स्थित तङ्ग्रामको शिरमा रहेको खोरताल संरक्षण गर्न थालिएको हो । पछिल्लो समय उक्त ताल सुक्दै गएपछि ताल मुनिका मुहानसमेतमा असर पर्न थालेकाले संरक्षण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । ताल संरक्षणसँगै तालमुनिका मूल सिञ्चित हुने र तालको रमणीय दृश्यका लागि आन्तरिक पर्यटकसमेत भित्र्याउने लक्ष्यका साथ अहिले ताल संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रवक्ता टीकासङ्घम विकले जानकारी दिए।

पौराणिक ताल पछिल्लो समय सुक्दै गएको छ, ताल पुरिन थालेपछि संघीय सरकार, गण्डकी प्रदेश सरकार स्थानीयवासीको श्रमदानबाट अहिले ताल संरक्षणको काम भइरहेको उनको भनाइ थियो । ताल झण्डै १५ रोपनी जग्गामा फैलाएकामा पछिल्लो समय साँगुरिँदै गएको छ ।

‘ताल संरक्षण गर्दा तालमुनिका एक हजार ५०० घरधुरीले उपभोग गर्ने विभिन्न मूल जोगिने छन्, पर्यटकीय दृष्टिकोणले अत्यन्तै मनोरम क्षेत्रका रूपमा रहेको बसन्ताप, खोर ताल, झुलेनी र थामडाँडालाई जोडेर पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले डिपिआर अगाडि बढाएको छ’ प्रवक्ता विकले भने ‘पछिल्लो समय मूल सुक्दा वस्तीमा खानेपानीको अभाव देखिएका कारण मूल जोगाउन ताल तथा पोखरी संरक्षणमा गाउँपालिकाको ध्यान गएको हो ।’ पर्यावरण जोगाउनका लागि ताल तथा पोखरी संरक्षण आवश्यक ठानिएको गाउँपालिकाको भनाइ थियो ।

गाउँपालिकाका प्रत्येक वडाको वस्ती माथिका ताल तथा पोखरी संरक्षण गर्ने अभियान थालिएको छ । संघीय सरकारबाट गाउँपालिकामा आएको २० लाख अनुदान, गण्डकी प्रदेश सरकारको १० लाख र स्थानीयवासीको तीन लाखबराबरको श्रमदान गरी ३३ लाखको लागतमा ताल संरक्षणको काम भइरहेको छ ।

अहिले तालको पूर्वपट्टी आरसीसी पर्खाल लगाउने कार्य भइरहेको र तालको चारैतिरबाट पक्की पर्खाल लगाएपछि पुरिएको माटो निकाल्ने स्थानीय उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर थापाले जानकारी दिए ।

खोरतालमा पछिल्लो समय पानी घट्दै गएपछि त्यहाँको सौन्दर्यसमेत हराउँदै गएको छ । गाउँपालिकाको पहलमा ताल संरक्षण अभियान थाल्दा खुसी लागेको स्थानीयवासी कुलप्रसाद थापाले बताए । ‘पहिला ताल ठूलो थियो, ताल भरी पानी थियो, अहिले खडेरी धेरै पर्न गयो, ताल रसाएर सुक्न थाल्यो, जस्को असर ताल मुनीका मूलसमेतमा पर्न गयो’ उनले भने ‘ताल संरक्षण गरेर तालभरी पानी हुँदा तालमुनिका मूल जोगिने छन्, सिँचाइको सुविधा हुनेछ र ताल हेर्न पर्यटकसमेत आउनेछन् ।’

गाउँपालिकाले बसन्ताप, खोर ताल, झुलेनी र थामडाँडालाई जोडेर पर्यटकीय स्थलका रूपमा विकास गर्न त्यहाँ पुग्ने पदमार्ग पनि निर्माण गरेको छ । अहिले गाउँपालिकाले विस्तृत अध्ययन प्रतिवेदनको कामसमेत भइरहेको जनाएको छ ।

जलवायु परिवर्तनको असरका कारण कुवा, मूल, ताल तथा पोखरी सुक्दै जाँदा गाउँमा खानेपानीको अभाव भएकाले गाउँपालिकाले आगमी दिन अन्य वडामा रहेका ताल तथा पोखरी पनि संरक्षण गर्ने नीति लिएको छ ।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.