काठमाडौं- कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ। धनगढी-१४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
Advertisement
पेट दुख्यो भनेर उनी अस्पताल पुगेका थिए। भिडिओ एक्स रे गर्दा उनको पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिएको छ।
जवानसिंहको पेटभित्र उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको छैन।