काठमाडौं – नयाँ शैक्षिक सत्र सुरु भए लगत्तै देशका अधिकांश विद्यालयहरूले विद्यार्थी भर्ना सुचारु गरिसकेको छ । यसैबिच नेपालको महँगो विद्यालयको रूपमा परिचित सेन्ट जेभियर्स स्कुलले सुचारु भइसकेको भर्ना बन्द गरेको छ । केही प्राविधिक समस्या देखाउँदै विद्यालय प्रशासनले भर्ना बन्दा गराएको हो । तर, भर्ना बन्दा गर्नुको कारण भनेको अन्यथा नै रहेको पाइएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भर्ना बन्द गराउने उर्दी दिएसँगै विद्यालयले भर्ना बन्द गराएको हो । मेयर महर्जनले आफ्ना मान्छे घुसाउने नियतले विद्यालयलाई भर्ना बन्द गर्न उर्दी दिएको स्रोतको दाबी छ ।
यसो तः विद्यालय प्रशासनले भने विभिन्न प्राविधिक कारणहरू देखाउँदै भर्ना बन्द गरिएको बताएका छन् । विद्यालयले आफ्नो आधिकारिक वेबसाइट मार्फत विभिन्न कारणवश कक्षा एकको भर्ना अर्को सूचना नआउञ्जे सम्मका लागि रोकिएको जानकारी दिएका छन् ।
