काठमाडौं – नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सातदेखि दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे । “लामो समयदेखि प्रधानन्यायाधीशको पद रिक्त छ, उच्च र जिल्लामा धेरै न्यायाधीशको पद रिक्त छ”,अध्यक्ष घिमिरेले भने,“सातदेखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तको प्रक्रिया अघि बढाउन आग्रह गर्छु ।”
उनले प्रधानमन्त्री, सभामुखलगायतको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायपालिकालाई लामो समय नेतृत्वविहीन बनाइएकोप्रति सैह्य नभएको बताए । प्रधानन्यायाधीश छिटो नियुक्तीबारे ध्यानाकर्षण गराउन भोलि बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने र आफूहरुले दिएको समयसीमाबारे जानकारी गराउने समेत उनको भनाइ छ ।