• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पटक–पटक म्याद थप्दा पनि योजना अधुरै


बुधबार, चैत २९, २०७९ मा प्रकाशित

म्याग्दी – म्याग्दीमा विकास बजेटको अभावसँगै भित्रिएका योजना कार्यान्वयनमा ढिलासुस्ती हुने गरेका छन् । जिल्लामा भित्रिएका अधिकांश योजना समयमा सम्पन्न नभएपछि पटक–पटक म्याद थप्दा पनि अधुरै छन् ।

Advertisement

निर्माण व्यवसायीको लापरवाहीले जिल्लामा भित्रिएका गौरवको योजनाका रूपमा सञ्चालित सडक, भवन, पुललगायत ठूला विकास निर्माणका योजना अलपत्र परेका हुन् । निर्माणाधीन योजना कार्यान्वयन हुन नसकेपछि स्थानीय चिन्तित छन् ।

जिल्लाको विकासमा ठूलो महत्व राख्ने योजनामध्ये बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर–भगवती, पोखरेबगर–शिख–चित्रे–घोडेपानी, दरवाङ–धारापानी, बेनी–बागलुङ, बेनी–मालढुङ्गालगायत सडक समयमा सम्पन्न हुन सकेका छैनन् । पटक–पटक समय थपिए पनि निर्माण व्यवसायीले योजनालाई पूर्णता नदिएपछि योजना कार्यान्वयन गर्ने कार्यालय, सम्बन्धित निर्माण व्यवसायी र मन्त्रालयमा ध्यानाकर्षण गराइएको प्रतिनिधिसभा सदस्य खम्वीर गर्बुजाले बताए ।

हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त जनशक्ति र उपकरण परिचालन नगर्दा निर्माण धकेलिएको हो । सङ्घीय र गण्डकी प्रदेश सरकारमार्फत भित्रिएका योजनामध्ये कतिपय कार्यान्वयनको प्रक्रियामा छन् भने कतिपय अधुरै छोडिएका छन् ।

बेनी अस्पतालको भवन निर्माण पनि अलपत्र छ । ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत मङ्गला र धवलागिरि गाउँपालिकामा निर्माणाधीन भवनमा ढिलासुस्ती भएको छ भने रघुगङ्गामा योजनाको कार्यान्वयन प्रक्रिया नै अघि बढ्न सकेको छैन ।

‘एक निर्वाचन क्षेत्र एक सडक’अन्तर्गत रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती सडक खण्डमा आठ किलोमिटर कालोपत्र गनुपर्नेमा पटक–पटक म्याद थप्दा पनि भौतिक प्रगति ६९ प्रतिशतमात्र रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । आगामी असारसम्म समयसीमा तोकिएको छ । गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको उक्त योजना एपेक्स–खड्का कृष्ण जेभी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।

बेनी–दरवाङ सडकअन्तर्गत लाम्पाटा–दरवाङ खण्डकको काम पनि अधुरै छ । दुई वर्षमा काम सक्ने गरी विसं २०७६ जेठमा सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको थियो । मङ्गला गाउँपालिकाको लाम्पाटाबाट मालिकाको केन्द्र दरवाङसम्म करिब सात किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म भौतिक प्रगति हालसम्म ५० प्रतिशत मात्रै छ ।

पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन प्रक्रिया अघि बढाइएका बहुवर्षीय योजना पटक–पटकको ताकेतापछि निर्माण कम्पनी काममा फर्किएको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए । “निर्माण कम्पनीलाई पर्याप्त मजदुर, उपकरण परिचालन गरेर कामलाई समयमा नै सक्न ताकेता गरेका छौँ”, उनले भने । चालु आवको तेस्रो चौमासिकपछि मात्रै ठेकेदार काममा फर्किएकाले बहुवर्षीय योजना निर्धारित समयमा सम्पन्न नहुने सम्भावना बढेको उनको भनाइ थियो ।

विसं २०७४ देखि सुरु भएको बेनी–बागलुङ सडकअन्तर्गतको करिब चार किलोमिटर सडकले पनि पूर्णता पाउन सकेको छैन । हालसम्म ९० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

योजना ठेक्का लिएर काम सुरु गर्ने तर सम्पन्न नगर्ने प्रवृत्तिले नागरिकलाई सास्ती भएको रघुगङ्गाका स्थानीय दीपक कार्कीले बताए ।

“योजना अलपत्र पार्ने ठेकेदारलाई राजनीतिक संरक्षण गर्नु नै गलत हो”, उनले भने । जिल्लामा सडक, स्वास्थ्य क्षेत्रका भवन, खानेपानी, सिँचाइलगायत योजना निर्माण व्यवासायीको लापरवाही र बजेट अभावले अलपत्र हँुदा जनताले सास्ती भोग्दै आउनुपरेको उनको भनाइ थियो ।

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.