काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि अहिले काठमाडौं प्रज्ञा भवनमा मतदान भइरहेको छ।
Advertisement
निर्वाचन समितिका अनुसार चुनावमा १ हजार ९५३ मतदाता छन्। जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ ५ र एसोसिएटतर्फ १ हजार ७४८ मतदाता छन्।
महासंघको कार्यसमिति सदस्यमा चारजना निर्विरोध निर्वाचित भएका छन्। एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनावबाट निर्वाचित हुने छन्। महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष घोषणा हुने छन्।
वरिष्ठ उपाध्यक्षमा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।










