काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३१ रुपैयाँ ११ पैसा र बिक्रीमा १३१ रुपैयाँ ७१ पैसा कायम गरेको छ । हिजो डलर खरिदमा १३० रुपैयाँ ८८ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४८ पैसा थियो ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । हिजो युरो खरिदमा १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा थियो । बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६३ रुपैयाँ १२ पैसा र बिक्रीमा १६३ रुपैयाँ ८७ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९१ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९ रुपैयाँ ८९ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ ४ पैसा र बिक्रीमा १९ रुपैयाँ १३ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ११ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९१ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९६ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३४९ रुपैयाँ ३७ पैसा तय गरिएको छ।