• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास


मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित

बागलुङ– बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् ।

Advertisement

हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक भित्र्याउन थालेको थियो । हालसम्म सो संस्थाले भकुण्डेमा लगातार विदेशी पर्यटक भित्र्याइरहेको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए ।

“केही विदेशी पर्यटक भकुण्डेमा आउने गरेका रहेछन्, अत्यधिक पर्यटक भनेको आन्तरिकनै रहेछ, तर हामीले भेगनमा आवद्ध १७ देशका पर्यटकलाई पहिलो पटक भकुण्डे भित्र्यएका हौंँ, अहिले पनि भकुण्डेमा विभिन्न दशेका विदेशी पर्यटक आइराख्नुभएको छ”, शर्माले भने, “आर्थिक सङ्कटकका कारण अन्तरिक पर्यटक घटेको घरबासमा विदेशी पर्यटक भने अध्ययन, अवलोकन गर्न, घरबासमा रमाउन आउने गरेका छन् ।”

बागलुङ बजारदेखि तीन घण्टाको पैदल र डेढघण्टाको यातनयात साधनमा पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्यावलोकनका लागि बनाइएको भ्यूटार लगायतका संरचनाले समेत आकर्षण थप्ने गरेको छ ।

आन्तरिक पर्यटकले भरिभराउ हुने अतिथि सत्कार घरवासमा आर्थिक सङ्कटका कारण आन्तरिक पर्यटकमा केही कमी आए पनि विदेशी पर्यटक बढेको अतिथि सत्कार सामुदायिक घरबासका सञ्चालक समितिका अध्यक्ष मुना थापाले बताइन् । “२०७३ सालमा स्थापना भएको घरबासमा मुख्य पर्यटक आन्तिरकनै हुन्, तर कोरोनापछि विदेशी पर्यटकसमेत आएका छन्, चैत महिनामा मात्रै तीन समूहमा विदेशी पर्यटक आइसकेका छन्,” थापाले भनिन्, “चैत महिनामा मात्रै बेलायत, अमेरिका, क्यानडा र कोरियाका पर्यटक आउनुभएको छ, यहाँको भौगोलिक वातावरण, दृश्यावलोकन, स्वागत तथा बिदाई संस्कृति र मगर संस्कृतिका कारण पर्यटक आकर्षति हुने गरेका छन् ।”

पछिल्लो समय प्रचारप्रसारका कारण विदेशी पर्यटक आउन थालेको घरबासका सञ्चालक याम थापाले बताए । उनले गैर सरकारी सङ्घ संस्थामा काम गर्न आएका विदेशी पर्यटकसमेत घरबासको परिकारको स्वाद लिन यहाँ आउने गरेका छन् बताए । पछिल्लो समय यहाँका घरबासको स्तरोन्नति गरिएको छ ।

पर्यटक लक्षित गरी तातो चिसो पानी, व्यवस्थित स्नान घर, पार्क तथा सांस्कृतिक सङ्ग्रहालय लगायतको विकास गरिएको छ । जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको आठ घरमा सञ्चालित छ । घरबासमा एकै रात ५० जना पाहुना राख्न सकिने छ भने पछिल्लो पटक पाहुनाको रोजाइ अनुसारको सेवा सुविधा दिइँदै आएको छ । भकण्डेको शिरमा हीरा ताल र तल बराहतालसमेत रहेका छन् ।

स्थानीय उत्पादनको स्वादको मजा लिन, हिमशृङखलाको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्रकृतिसँग रमाउन आन्तरिक र बाह्य पर्यटक घरबाससम्म पुग्ने गरेका छन् । विसं २०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिक रुपमा सञ्चालनमा आएको बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको जिल्लाकै पहिलो अतिथि सत्कार होमस्टे पर्यटकको लागि गन्तव्य बनिरहेको छ ।

समयसमयमा घरबासमा बस्न अमेरिका, कोरिया र चिनियाँ लगायतका देशबाट पर्यटक आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । घरबास सञ्चालकले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुँनाको रोजाइ अनुसार खुवाउने गरिएको छ । भकुण्डे पुग्ने सडक पक्की बनाउन सके थामिनसक्नु पर्यटक पुग्ने स्थानीयवासीको भनाइ छ ।

मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.