काठमाडौं– आज सुनको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
Advertisement
आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।