काठमाडौं- मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
Advertisement
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
मछिन्द्रको जितमा विमल घर्ति मगर र आफिज ओलावालेले एक एक गोल गरे । संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए ।