• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्त, कसले मर्ला बाजी?


आइतबार, चैत २६, २०७९ मा प्रकाशित

काठमाडौं- निजी क्षेत्रको छाता संस्थामध्येका एक नेपाल उद्योग वाणिज्य महासङ्घमा यतिबेला चुनावी चहलपहल चलिरहेको छ । मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढी निजी क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा महासङ्घमा हुने निर्वाचनलाई विशेषरुपमा हेरिएको छ । यतिबेला वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने नेतृत्व नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभाले तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चुन्दैछ । चैत २८ र २९ गते हुने साधारणसभा तथा निर्वाचनका लागि महासङ्घले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ ।

वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासङ्घको अध्यक्ष बन्दै छन् भने बाँकी पदमा निर्वाचन हुनेछ । जसमा वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिष्पर्धा हुने निश्चित जस्तै देखिएको छ ।

वरिष्ठ उपाध्यक्षमा महासङ्घका एसोसिएट उपाध्यक्ष रामचन्द्र सङ्घई, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । रामचन्द्र सङ्घई हाल महासङ्घमा एसोसिएट उपाध्यक्ष र अञ्जन श्रेष्ठ वस्तुगत उपाध्यक्ष छन् । उमेशलाल श्रेष्ठ भने यसअघिको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसँग पराजित भएका थिए ।

सङ्घई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ छन् । साथै अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् ।

उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोशिएटतर्फको अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवारमा उपाध्यक्षमा भरतराज आचार्य छन् ।

महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक(एक जना सदस्य निर्वाचित हुनेछन् । जसका लागि कोशी प्रदेश सदस्यका लागि टङ्कप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिएका छन् । मधेस प्रदेश सदस्यका लागि विजयकुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी छ भने बागमती प्रदेश सदस्यका लागि कृष्णप्रसाद अवाल र सविन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल उम्मेदवारी परेको छ । त्यस्तै कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जङ्गबहादुर मल्लको उम्मेदवारी छ । संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकालको उम्मेदवारी छ । उनी हरुमध्ये एक जना निर्वाचित हुनेछन् ।

वस्तुगत सङ्घतर्फको सदस्यमा १४ जनाका लागि २८ जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर सङ्घ सदस्यमा १८ जनाका लागि ३२ जनाको उम्मेदवारी परेको छ भने एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।

शनिबार बसेको महासङ्घकोे बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई मतदान केन्द्र तोकेको छ । चैत २९ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्मको समय तोकिएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ ।

त्यसैले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि चैत ३० गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

“वरिष्ठ उपाध्यक्षका लागि ५० प्रतशितभन्दा बढी मत चाहिन्छ । तीन जना उम्मेदवारमध्ये पहिलो चरणमा कुनै पनि उम्मेदवारले त्यस्तो मत प्राप्त गर्न सक्नुभएन भने बढी मत ल्याउने दुई उम्मेदवारबीच अर्को चरणको निर्वाचन हुनेछ । पहिलो चरणको निर्वाचनमै कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएमा स्वतःविजयी हुनेछन्”, निर्वाचन अधिकृत रमणकुमार कर्णले भने ।

महासङ्घका अनुसार जिल्ला नगर समूह र वस्तुगत सङ्घ समूहका लागि एउटा–एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीन वटा मतदान केन्द्र तोकिएका छन् । जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको महासङ्घले जनाएको छ ।

प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र भने पहेलो रङको हुनेछ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन जनासम्म मतदान र मतगणना प्रतिनिधि राख्न सक्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको विधान २०४९ ९छैटौँ संशोधन० अनुसार निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप एक मत प्राप्त गर्नुपर्नेछ ।

पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत र थप एक मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच पुनःनिर्वाचन हुने व्यवस्था छ । पुनःनिर्वाचन हुँदा दोस्रोपटक हुने निर्वाचनमा बढी मत प्राप्त गर्ने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेछ ।

वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला नगर सङ्घको ५० प्रतिशत, वस्तुगत सङ्घ सदस्यको २० प्रतिशत र एशोसिएट सदस्यको ३० प्रतिशत मतभार रहन्छ । महासङ्घका अनुसार वस्तुगततर्फ एक सय २३, जिल्ला नगर उवासंघतर्फ एक सय २१, एसोसिएटतर्फ एक हजार ७६२ र द्विराष्ट्रिय सदस्य २० छन् ।

चुनावमा होमिएका सबै उम्मेदवारले मुलुकको अर्थतन्त्र सुधार र निजी क्षेत्रलाई अझ बढी व्यावसायिक तथा प्रतिस्पर्धी बनाउने विषयलाई चुनावी एजेन्डा बनाएका छन्। महासङ्घको भिजन पेपर २०३० कार्यान्वयन पनि सबै उम्मेदवारको एजेन्डामा परेको छ ।

नेपालको तीनखम्बे अर्थनीतिअनुसार खुला बजार नीति अवलम्बन गर्ने र अर्थतन्त्रको विकासमा निजी क्षेत्रकोतर्फबाट महत्वपूर्ण योगदान गर्ने संस्थाका रुपमा महासङ्घ छ।

महासङ्घले सरकारले तर्जुमा गर्ने आर्थिक, मौद्रिक तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित कानुन तथा नीतिनिर्माण, संशोधन र खारेजी प्रक्रियामा समयसापेक्ष परामर्श दिने गरेको छ ।

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.