• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विदेशी पर्यटक आकर्षणका लागि रणनीतिक आवश्यक : मुख्यसचिव


    Avatar photo
शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

मुख्य सचिव शङ्करदास बैरागीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

Advertisement

उक्त प्रयोजनका निम्ति निजी क्षेत्र र सरकारको प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ अन्तरक्रियामा उहाँले अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रलाई चलायमान बनाउन विदेशी पर्यटक आकर्षणका लागि सम्भाव्य गन्तब्य बजारमा प्रभावकारी प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो ।

“निजी क्षेत्रलाई साथमा लिएर मात्रै पर्यटन विकास गर्न सकिन्छ, त्यसका लागि क्षेत्रगत रणनीतिका साथ अघि बढ्नुपर्छ”, मुख्यसचिव बैरागीले भन्नुभयो, “पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा अन्तर्राष्ट्रिय बजारमा जाऔँ, छिन्न, भिन्न भएरभन्दा पनि समन्वयका साथ काम गर्न सकेको खण्डमा परिणाम निस्कन्छ ।”

मुख्यसचिव बैरागीले नेपालको पर्यटन ‘नेचर र कल्चर’ मा आधारित रहेकाले यसैलाई ब्राण्डिङ र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटनको ब्रान्डिका लागि समय सापेक्ष नयाँ अवधारणा आवश्यक छ । नेपालको राष्ट्रगानले सबै क्षेत्रलाई समेटेको छ, यसलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ । कुन तौर र तरिकाबाट गर्न सकिन्छ त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।”

मुख्यसचिव बैरागीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को गरिमा र मर्यादालाई कायम राख्दै यसको भविष्यलाई सुनिश्चित गर्न कसरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर जान सकिन्छ भनेर आन्तरिक छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले लामो समयदेखि राखेको सुरक्षा सूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक बनाएर संरचनागत सुधार जरुरी रहेको औँल्याउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमको व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय गन्तव्य बजार विस्तारका लागि प्रक्रियाअघि बढेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय बजार रणनीति आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकारका उच्च अधिकारी तथा पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले विस्तारै चलायमान बनिरहेको पर्यटन बजारलाई थप गतिशील बनाउन प्रभावकारी योजनाबद्ध कार्यक्रक ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोला, पूर्वअध्यक्ष दीपक महत, नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्सट्स (नाट्टा) का अध्यक्ष रमेश थापा, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, पत्रकार कनकमणि दीक्षितले पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवालाई सर्वसुलभ बनाइनुपर्ने, वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै पर्यटनसम्बन्धी सेवालाई एकद्धार प्रणालीमा लैजानुपर्ने सुझाउनुभएको थियो ।

सहसचिवद्वय सुरेश आचार्य र डण्डुराज घिमिरेले अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार र पर्यटकीय सेवाको गुणस्तरमा ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो ।

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.