• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन


शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

खजुरा – गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो ।

Advertisement

अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ । विसं २०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो । यसका चारवटा शाखा नहर छन् भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनःस्थापना हुनेछ । अहिले पूर्णक्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर रहेकामा अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको छ । नरैनापुरको गङ्गापुर, मटैहिया र वडा नं १, २, ३ र ४ मा अर्को चरणमा काम सुरुआत हुने आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंह बताउँछन् । उनका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ ।

“नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरि नै सिँचाइ सुविधा पुग्ने सुनिश्चित छ”, निर्देशक सिंह भन्छन्, “बाँकी मूल नहरसहित शाखा नहरको सर्भेक्षण र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का अगाडि बढाइन्छ ।”

गत असार २८ गते सात घनमिटर प्रतिसेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो । परीक्षण सफल भएपछि पूरै क्षमताको पानी छाडिएको आयोजनाले जनाएको छ । पूर्वी नहरको संरचनामा ३७ किलोमिटर नहर निर्माण भएको छ । केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको छ ।

सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुनेछ भने गत वर्षजस्तो यस वर्ष खेत बाँझो राख्नुपर्ने अवस्था नहुनेमा विश्वास लिइएको छ । पूर्वी नहरबाट पानी सञ्चालन भएपछि सुक्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयवासीको अपेक्षा छ । । सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता अब हटेको यहाँका किसानको भनाइ छ ।

सो क्षेत्रका किसानले आकाशे पानीको भर परेर खेती गर्नुपर्ने अवस्था थियो । पूर्वी नहरमा पानी छाडिएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय किसान शिवशरण थारू बताउँछन् । पूर्वी नहर निर्माणका लागि कालिकाकुमार जेभीसँग रु तीन अर्ब छ करोड ९८ लाख ५९ हजार दुई सय ५९ मा ठेक्का सम्झौता भएको थियो ।

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.