काठमाडौं- आज बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से ८.२८ अंकले घटेर १८६६.७८ मा बन्द भएको छ ।
Advertisement
यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो । अन्य दिन भने नेप्से घटेको थियो ।
आज २३ हजार ३८८ वटा कारोबारमा २८ लाख ७० हजार ८१९ कित्ता किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।