• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कुवाँरवर्तीमाई पूजा शुरु


बुधबार, चैत २२, २०७९ मा प्रकाशित

कावासोती- पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट शुरु भएको छ ।

Advertisement

महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पूजा जिल्लाभित्र रहेका ११ वटादेवी थानमा पूजा गरेपछि पूजा सम्पन्न हुने कुवाँरवर्तीमाई गुठीका अध्यक्ष विकाराम चौधरीले जानकारी दिए।

मङ्गलबार देवचुलीको रजहरमा रहेका टिकेत (मुख्य पुजारी) भवानी गुरौको घरबाट यात्रा सुरु गरेर मुख्य पूजारीसहितको टोली शिरथान माईको पूजा गर्न चैते पूर्णिमाको दिन यही कात्तिक २३ गते देवचुली पर्वतको चुलीमा पुग्ने गुठीका अध्यक्ष चौधरीले जानकारी दिए ।

चुलीमा पुग्न भन्दा अघिल्लो दिन मुख्य पुजारीसहितको टोली देवचुलीको कीर्तिपुरमा रहेको देवी थानमा बास बस्ने तथा आज बिहान त्यहाँ पूजा सम्पन्न गरेपछि आजै बेलुका देवचुली र वरचुली पहाड बीचको रहेको खोला इनरछतियामा बास बसेर मुख्य पूजाका लागि चैते पूर्णिमाको दिन देवचुली पहाडमा पुग्ने उनले बताए।

चैते पूर्णिमाको दिन देवचुली पर्वतको चुलीमा रहेको गुफाभित्र शिरथान देवीको पूजा गरेपछि मुख्य पुजारी सहितको टोली फर्किने र जिल्लाका विभिन्न ११ वटादेवी थानमा पुजा गरेपछि पूजा सम्पन्न हुने अध्यक्ष चौधरीले बताए।

चैते पूर्णिमाको दिन देवचुली पहाडमा रहेको शिरथान माईको पूजा गरिँदै गर्दा तल रहेका ११ वटा देवी थानमा पूजा गर्ने गरिन्छ । त्यसपछि चैते पूर्णिमाको भोलि पल्टदेखि नौ दिनसम्म जिल्लाका विभिन्न गाउँमा रहेका कुवाँरवर्ती माईको शाखा मन्दिरमा पूजा गरिने प्रचलन रहेको छ । पूजाको क्रममा देवी थानमा राँगा, बोका, कुखुराको बलि दिने गरिन्छ ।
हरेकवर्ष पूजा गरिने भए पनि पाँच÷पाँचवर्षमा गरिने पूजाको विशेष महत्व हुने थारु अगुवा बताउँछन् । कन्तरी पूजाको नामबाट प्रचलित यो पूजा पूर्वी नवलपरासीमा रहेको प्राय सबै थारु गाउँमा गर्ने गरिन्छ । परापूर्वकालदेखि नै विशेष गरेर पूर्वी नवलपरासीका विभिन्न ११ वटादेवी थान रहेका गाउँमा कुमारवर्ती माईको पूजा अर्थात कन्तरी पूजा गरिँदै आएको थारु अगुवा कमल गुरौँ बताउँछन्। शाखा मन्दिरहरुमा पूजा गर्ने अघिल्लो दिन साँझ टिकेत (मूल पुरोहित) को घरमा जम्मा भएर कुवाँरवर्ती माईको कथा सुन्ने तथा सुनाउने गरिन्छ ।

साथै साँझमा टिकेत (मूल पुजारी) ले पूजा सुरु गरेपछि शरीरमा देवी चढेकाहरु काम्ने उफ्रिने गरी रोगव्याधी अन्त्य, कृिषबालीको सुरक्षा, समस्त जगतको सुख शान्ति तथा समृद्धिका लागि परापूर्वकालदेखि कुवाँरवर्ती माईको पूजा गरिँदै आएको छ ।

बुधबार, चैत २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.