काठमाडौं– कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । सोमबार एक वक्तव्य जारी गर्दै शिवराज नगरभित्र बस्ने सार्वजनिक पद धारण गरेका सबैले आफ्ना सन्तानलाई सामुदायिक स्कुलमा पढाउनुपर्ने निर्णय गरेको हो।
Advertisement
उनीहरूले आगामी शैक्षिक सत्र २०८० देखि आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेका हो ।
सामुदायिक विद्यालयीय शिक्षालाई गुणस्तरीय बनाउन जनप्रतिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरुको भुमिका महत्वपूर्ण हुने भएकाले यस्तो निर्णय गरिएको मेयर अनय थापाले बताएका छन् ।
त्यस्तै, नगरले आगामी सत्रदेखि अंग्रेजी तथा नेपाली वा अन्य कुनै पनि माध्यमबाट दिइने माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुने पनि जनाएको छ ।
