काठमाडौं- जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्य ९ टोलीको टुङ्गो लागेको छ । आगमी जुन जुलाईमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने ९ टोलीको टुङ्गो लागेको हो ।
Advertisement
आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपमा लागि जिम्बावेमा जुन-जुलाईमा विश्वकप छनोट हुँदैछ ।
विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् ।
अब एक टिमको टुङ्गो लाग्न बाँकी छ । सुपर लिग खेलिरहेका दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिमले सिधै विश्वकपमा स्थान बनाउनेछ भने एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।
सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई टोली गरि कुल १० टोलीले छनोट खेल्नेछन् ।