काठमाडौँ – नेपाल पुलिस र एपीएफ क्लबबीचको खेलमा एपीएफ बिजय भएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारदेखि सुरु भएको छौटौं चरणको खेलमा एपीएफले पुलिसलाई २-० गोलले हराएको छ ।
Advertisement
च्यासल मैदानमा भएको पुलिस डर्बीमा एपीएफलाई जिताउन एडमा डोम्बिया र सविन गुरुङले गोल गरेका हुन् । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा डोम्बियाले ५७औं र सविनले इन्जुरी समयमा गोल गरेका थिए ।
यो जितसँगै एपीएफले ६ खेलबाट १० अंक बनाएको छ । एपीएफ पाँचौं स्थानमा छ । ६ खेलमा पाँचौं हार खेपेको पुलिसको एक अंक छ ।