तेह्रथुम– करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लालिगुँरास नगरपालिका– ७ च्याक्चे बस्ने ३५ वर्षीय याम बहादुर लिम्बुको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।
Advertisement
सोही नगरपालिका लसुने बजार बस्ने गुर्गा बहादुर तामाङको घरको ढलान गरेको सेटिङ खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।