• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

ओझेलमा मुस्ताङको छैरो छहरा गुम्बा


आइतबार, चैत १९, २०७९ मा प्रकाशित

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो गाउँस्थित छैरो छहरा गुम्बा ओझेलमा परेको छ । पाँच शताब्दी पुरानो धार्मिक तीर्थस्थल उक्त गुम्बप्रचारप्रसारको अभावमा गुमनाम बनेको छ ।

Advertisement

बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत मुस्ताङको घरपझोङ–२ मार्फाको पारिपट्टि अवस्थित उक्त गुम्बा हालसम्म सडक सञ्जालसित जोडिएको छैन । धार्मिक आस्था र विश्वासकै कारण यहाँ बर्सेनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका स्थानीयवासी बताउँछन् । यहाँ झण्डै ५० परिवारको बसोबास छ ।

छैरो छहरा गुम्बा मुस्ताङकै पुरानो हो । भौगोलिक विकटताका कारण सो गुम्बा ओझेलमा परेको छ । त्यसैले यसको उन्नयन हुन नसकेको स्थानीय सोमप्रसाद शेरचन बताउछन्। “आर्थिक अवस्था कमजोर यहाँका बासिन्दा रोजगारका लागि अन्यत्र जाने गरेका छन्”, उनले भने। स्थानीयको बसाइँसराइका कारण गुम्बाको संरक्षण हुन सकेको छैन । गाउँको पनि विकास हुन नसकेको शेरचन बताउछन्।

पछिल्लो समय गुम्बाको महत्वलाई बुझेर यसको संरक्षण र विकासमा चासो बढेको छ । “वर्षौँअघि देव (लामा) नृत्य गरिएको थियो”, उनले भने। केही वर्षयता पछिल्ला स्थानीय तह, प्रदेश र सङ्घले पूर्वाधार निर्माणमा सहयोग गर्दैआएका छन् । गुम्बामा पाँच शताब्दी पुराना वास्तुकला, भगवान् गौतमबुद्धका मूर्ति रहेका छन् । गुरु रिन्पोन्छेको विशाल मूर्तिले गुम्बाको गरिमा र महत्व बढाएको छ । गुम्बाको वरिपरिको क्षेत्र धूपीका रुखले ढाकिएको छ ।

स्थानीय र प्रदेश सरकारले छुट्याएको बजेटबाट यहाँ गुम्बालगायत संरचना पुनःनिर्माण गरिएका छन् । गुम्बाको ऐतिहासिक पक्षको प्रचारप्रसार गर्न सके मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने यहाँका बासिन्दा बताउँछन् । गुम्बाको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । गुम्बाका लामा रामु थकाली पछिल्लो समय बौद्ध धर्मावलम्बीको आगमनमा वृद्धि हुँदै गएको बताउछन्।

छैरोकापूर्व गाउँका मुखिया कृष्णबहादुर गौचनका अनुसार यहाँ घ्यल्बो पूजा र गाउँको रक्षाको कामना गर्दै प्रत्येक तीन÷तीन वर्षमा ऋनन्जी पूजापाठ हुने गरेको छ । छैरो छहरा गुम्बा वैशाख पहिलो सातादेखि मङ्सिर महिनाभर पूजापाठका लागि खुला हुन्छ । घरपझोङ–१ छैरोका वडाध्यक्ष आशबहादुर थकालीका अनुसार गुम्बा करिब २० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.