• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै


आइतबार, चैत १९, २०७९ मा प्रकाशित

काठमाडौँ – एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

Advertisement

सन् २०१५ मा कैलालीको गोदावारी नगरपालिका र धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका छनोट गरेर आधुनिक सडक, नाली, सडक पेटी, सौयबत्ती र फोहरमैला प्रशोधन केन्द्र निर्माणको थालिएको थियो ।

यहाँका चार वटै पालिकामा सडकलगायत अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । धनगढी उपमहानगरपालिका–७ पटेलास्थित राष्ट्रिय वन क्षेत्रमा फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि सो क्षेत्रको रुख कटानको आदेश नआउँदा काम अघि बढ्न सकेको छैन ।

कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्र निर्माण भइरहेको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा निर्माण थालिएको फोहरमैला प्रशोधन केन्द्रको रमण–केएस जेभीले निर्माणको जिम्मा लिएको थियो । यहाँको श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा करिब पाँच हेक्टर क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

आगामी वैशाखभित्र रुख कटानको काम सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीका प्रतिनिधि अमित यादवले जानकारी दिए । २६ करोड लागतमा निर्माण हुने उक्त प्रशोधन केन्द्र बीस महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको उनले बताए । “एक वर्ष जति त रुख कटानको आदेश आउनै समय लाग्यो । प्रधोशन केन्द्र निर्माणस्थलमा आठ सय १३ रुख कटान गर्नुपर्ने छ”, यादवले भने।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने केन्द्रका लागि जग्गा प्राप्तिको प्रक्रियामा छ । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले प्रशोधन केन्द्र निर्माणका लागि जमिन खोजिरहेको बताए । “केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ । जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल गर्दैछ”, उनले भने । पालिकाले उत्तरतर्फको चुरे फेददेखि ब्रह्मदेव हुँदै वडा नं १९ बागफाँटासम्म प्रशोधन केन्द्रका लागि जग्गा हेरे पनि अन्तिम टुङ्गो भने लाग्नसकेको छैन ।

पालिकाले जग्गा पहिचान र प्राप्तिका लागि केही समयअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको प्रवक्ता खड्काको भनाइ छ ।

भीमदत्त नगरपालिका क्षेत्रको बजार र मझगाउँसम्मको सडक, फुटपाथ, नालीलगायत संरचनाको कामले भने गति लिएको छ । सडक निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीका इञ्जिनियर भुपेन्द्र सिंहले योजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार पूर्वाधार निर्माणअन्र्तगत करिब १४ किलोमिटर सडक, नाली, पुटपाथलगायत संरचना बनिरहेका छन् ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीमार्फत यहाँका चार पालिकामा सडक तथा प्रशोधन केन्द्र निर्माणको काम भइरहेको इकाइका इञ्जिनियर सञ्जीव कुमार शाहले बताए । उनले गोदावरी नगरपालिकामा प्रशोधन केन्द्रका लागि रुख कटानको काम सकिएर अन्य संरचना निर्माण भइरहेको जानकारी दिए । ५१ करोड लागतमा निर्माण हुन लागेको उक्त केन्द्रको निर्माण अवधि दुई वर्ष चार महिना तोकिएको छ ।

त्यस्तै, धनगढीमा प्रशोधन केन्द्र निर्माणका लागि रुख कटान आदेश प्राप्तिको प्रक्रियामा रहेको इञ्जिनियर शाहको भनाइ छ । “धनगढीमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भएर रुख कटानको आदेश वन तथा वातावरण मन्त्रालयबाट पाउने प्रक्रियामा छ”, शाहले भने, “कटानको आदेश आएपछि काम सुरु हुन्छ ।” उनका अनुसार धनगढी र गोदावरीको प्रशोधन केन्द्रको निर्माण सिच्युवान प्रोभिन्स जीओलोजिकल इञ्जियरि¬ङ कम्प्लेक्सले गर्नेछ ।

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.