काठमाडौँ – गत मार्च महिनामा करिब १ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
Advertisement
सोही अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४ सय ५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६ सय ४३, यूरोपबाट २३ हजार २ सय ६५, ओसियन राष्ट्रबाट ३ हजार ९ सय ५८ जना पर्यटक नेपाल आएका छन् ।
साथै क्यानडाबाट १ हजार ७ सय ७, अमेरिकीबाट ९ हजार ५ सय ५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३ सय ७५ पर्यटक नेपाल भित्रिएका छन् ।
यस अवधिमा सबैभन्दा धेरै भारतबाट २५ हजार ९ सय ११ पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका थिए ।
अमेरिकाबाट गत वर्षको सोही अवधिमा ४ हजार ८ सय ९६ पर्यटक आएकोमा यसपटक ९ हजार ५ सय ५७ जना पर्यटक आएका छन् ।।