काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपिओ आज देखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजीको ३०% अर्थात् २२ करोड ८० लाख बराबरको आइपिओ निष्कासन गरेको हो। प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ।
कम्पनीले ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ।
बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि वितरण गरेको हो। आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ।
छिटोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा माग बमोजिम आवेदन नपरेमा बिक्री अवधि वैशाख ३ गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।