मेष- नयाँ काम थाल्ने योग छ। सिर्जनात्मकतामा ध्यान जाला। नसोचेको ठाउँबाट आम्दानी हुन सक्छ। रमणीय यात्राको योग पनि छ।
वृष- अवसरको खोजीमा दौडधुप हुन सक्छ। भविष्यको योजना पूरा गर्न केही त्याग पनि गर्नुपर्ला। आफन्त र परिवारजन टाढिएलान्।
मिथुन- आम्दानीका स्रोत बढ्ने समय छ। साझेदारी व्यवसाय लाभदायक रहला। परिश्रमी र मिहिनेती स्वभावले लक्ष्य पहिल्याउन सहज होला।
कर्कट- अवसरहरूले पछ्याएका छन्। दीर्घकालीन लाभका क्षेत्र पहिल्याएर ती अवसरहरू हात पार्नु होला। त्यसका लागि प्रशस्त बौद्धिक कसरतको खाँचो छ।
सिंह- स्वास्थ्य बिग्रिने समय छ। श्रमको उचित मूल्य पाइने छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आजको दिन धेरै उपलब्धीमुलक भने देखिँदैन।
कन्या- आर्थिक कारोबारमा विवाद आउला। चुनौतिहरूको सामना गर्नुपर्ला। तथापि, गलत सम्झौता नगर्नु होला। आफ्नो कमजोरी पहिल्याएर सावधानी अपनाउनु आवश्यक देखिन्छ।
तुला- आजको दिन मन प्रफुल्लित रहला। प्रेम र प्रणय प्रसंगका लागि श्रेष्ठ समय छ। कामबाट फुर्सदिलो बनेर परिवारलाई समय दिने प्रयत्न गर्नु होला।
वृश्चिक- आज तपाईंलाई ईर्श्या गर्नेहरू किनारा लाग्ने छन्। शत्रु, रोग सबैबाट छुटकारा पाउनु होला। लाभदायक क्षेत्र पहिल्याएर काममा अगाडि बढ्नु उचित हुनेछ।
धनु- आजको दिन अनुकुल छ। स-साना काममा नअल्मलिई लाभदायक क्षेत्रमा अगाडि बढ्ने प्रयत्न नै उचित हुनेछ। नयाँ काममा हात हाल्ने समय भने देखिँदैन।
मकर- छोटो समयको लाभमा लोभिँदा दीर्घकालीन फाइदाको क्षेत्र गुम्न सक्छ। आफ्ना योजनाहरू गोप्य राख्नु नै हितकर छ। आफ्नै कमजोरीका कारण अरूले उपयोग गर्न सक्छन्।
कुम्भ- साहस र पराक्रम बढेको छ। मिहिनेतले तत्काल प्रतिफल दिलाउन पनि सक्छ। भौतिक साधन जुट्ने योग पनि छ।
मीन- बौद्धिक व्यक्तित्व बनाउने प्रयास उचित हुनेछ। कलाको क्षेत्रमा अझ निखार आउला। सामाजिक कामबाट मान प्रतिष्ठा बढ्ने समय छ।