काठमाडौँ – हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक भएको छ । गीतमा अभिनेत्री आँचल शर्मा र आरआर खड्काले अभिनय गरेका छन् ।
Advertisement
गीतको नितिन चन्दले निर्देशन गरेका हुन् । उक्त गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ ।
गीतको कोरियोग्राफी भने सियोन श्रेष्ठले गरेका हुन् । गायक विनीत सिंहले यस गीतमा स्वर दिएका छन् । उनलाई प्रतीक्षा श्रीवास्तवले साथ दिएकी छन् ।
पुनीत गुरूरानीको शब्द रहेको गीतमा अभिनव मेहरले संगीत भरेका छन् । जोगेश गौरे, नवराज उप्रेती र चन्द्रबहादुर बरालले छायांकन गरेको म्युजिक भिडियोलाई सतिश शाह र आशुतोष उपाध्यायले निर्माण गरेका हुन् ।