काठमाडौँ– एलिना चौहानको स्वरमा रहेको म्यूजिक भिडियो मायामा यस्तो किन ? सार्वजनिक गरिएको छ ।
Advertisement
अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा नाजिर र कविताको प्रेमसँगै बिछोड तथा मिलन प्रस्तुत गरिएको छ । गीतको शब्द रचना तथा सङ्गीत नरेश जोगीको छ ।
गणेश चौधरीको सङ्गीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी छ ।
पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायाङ्कन, कलर तथा सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।