काठमाडौँ – नीर शाहसहित दुई सदस्यले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक राजीनामा दिएका छन् । बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
Advertisement
अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए । सदस्य सचिव महतले भने, ‘सक्रिय भूमिका निर्वाह गर्न नसकिएको कारण देखाउँदै उनले राजीनामा दिएको छ ।
शाहले पनि कार्यव्यस्तताको कारण आफूले राजीनामा दिएको बताए । आफू केशव भट्टराईको पालादेखि नै सदस्य रहिआएको बताउँदै शाहले वर्तमान अध्यक्ष केसीले सल्लाहकार समितिमा धेरै मान्छे राखेकोप्रति असन्तुष्टि व्यक्त गरे ।