काठमाडौँ – सिरिज ‘लालबहादुर : द स्पार्कु’ को ट्रेलर सार्वजनिक भएको छ । सिरिज सरोज खनाल र सुनिल थापा अभिनीत जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्माण भएको हो ।
Advertisement
सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन छ । सिरिजका निर्माता प्रकाश आङ्बुहाङ (हाङबारे) हुन् । ४ सिजनमा ५२ एपिसोड प्रसारण हुने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहनेछ ।
सिरिजमा खड्गबहादुर पुन (खबपु), सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिश अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको पनि अभिनय रहेको छ ।
सिरिज फाल्गुन पहिलो साताबाट हरेक हप्ता प्रसारण हुँदै छ ।