काठमाडौँ – नेपाली चलचित्र ‘बुलाकी’ नयाँ वर्षमा प्रदर्शन हुने भएको छ ।
Advertisement
लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।
नारीप्रधान चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाईं, सरस्वती खत्रीको अभिनय रहेको छ।