कास्की – बाल यौन दुरुपयोगमा कारागारमा रहेका अभिनेता पल शाहलाई झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ।
अभिनेता शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई १५ दिनभित्र झिकाउने आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेले जानकारी दिए ।
उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहको मुद्दामा सुनुवाइ गर्दै सोमबार प्रत्यर्थी झिकाउने आदेश दिएको हो।
नाबालिगलाई बालयौन दुराचार गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।
नाबालिग गायिकामाथि बलात्कारको आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो।
गत फागुन १५ गते बलात्कार आरोपमा शाह पक्राउ परेका थिए।