काठमाडौँ – राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुनको’ छायाङ्कन शुक्रबार देखि सुरु भएको छ।
Advertisement
उक्त चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्ने भएका छन्।
चलचित्रमा नारायण खातीको कथा रहनेछ ।
चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, सङ्गीता शर्मा, आशा भारती र अनिता गिरीलगायतका कलाकाले अभिनय गर्ने भएका छन् ।