• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यको पहिलो गुञ्जन


आइतबार, माघ २२, २०७९ मा प्रकाशित

काठमानौँ – अष्ट्रेलियाका सबैजसो ब्यस्त सहरहरुमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रिय राजधानी क्यानबेराको मञ्चमा भने यसपाला पहिलोपटक उभिएको थियो । थोरै मात्र नेपालीको बसोबास रहेको यस सहरमा पनि नेपाली लोक रक धुन बोकेर पुगेको ब्याण्डले शुक्रबार भब्य स्वागत पाउन सफल भएको छ ।

Advertisement

यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा तोकिएको दर्शक संख्या अनुसार जारी सम्पूर्ण टिकट शोभन्दा अघिल्लो दिन अर्थात् बिहीबारै विक्री भएर सिद्धिएको थियो । शुक्रबार कन्सर्ट सुरुहुनुभन्दा निकै अघि नै ‘अष्ट्रेलियन युनिभर्सिटी’ परिसर भित्र रहेको हलमा नेपाली र केहि मात्रामा अष्ट्रेलियन दर्शकहरुको घुइँचो लागिसकेको थियो ।

स्थानीय समयअनुसार बेलुकीको ठीक ८ः३० बजे कन्सर्ट सुरुहुँदा ब्याण्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् गनैभरि हिउँनै झरे’बाट सुरुगरेको थियो । त्यसपछि लगत्तै दोश्रो अल्बमको सर्बकालीक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो ।

कार्यक्रममा दर्शकहरुको भिँड भित्रै लिण्डा ट्रिग पनि थिइन् । नेपालमा कुनै समय अष्ट्रेलियन कुटनीतिज्ञको भूमिका निर्वाह गरेकी र हाल अवकाशप्राप्त उनी साथमा छोरालाई लिएर कन्सर्ट हेर्न आइपुगेकी थिइन् ।

‘गजब लाग्यो,’ कार्यक्रम हेरिसकेपछि प्रतिक्रिया दिँदै उनी भनिरहेकी थिइन्, ‘ब्यावसायिकताले निखारिएको त छँदैछ, नेपथ्यको प्रस्तुती असाध्यै उर्जाशील पनि लाग्यो ।’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ त्यो उर्जाकै मुख्य श्रोत भएता पनि सिँगो ब्याण्ड आफैमा विश्वस्तरीय रहेको लिण्डाको मूल्यांकन थियो । सिंगो दर्शक रमाए,’ लिण्डाले थपिन्, ‘हामी आमाछोरा पनि खुब रमायौं ।’

कार्यक्रमलाई त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरुले निरन्तरता दिएको थियो । ‘शिरफूल शिरैमा’ गाइरहँदा अमृतले नेपालका डाँडाकाँडामा अद्भूत मिठास रहेको उल्लेख गर्दै स्वदेश गएका बेला पदयात्रा गर्न दर्शकहरुलाई हौस्याएका थिए ।

हलभित्रै रमाइरहेका दर्शकमा मानस्वी र नेहा पनि थिए । ‘कार्यक्रम असाध्यै बाँध्ने किसिमको थियो र सिंगो अवधिभर हामी त्यसको बन्धनमा कस्सिएर रमाएका थियौं,’ उनीहरु भनिरहेका थिए, ‘अर्कोतिर कस्तो नेपालै पुगेको जस्तो पनि महशुस भइरह्यो ।’ आफूहरु अष्ट्रेलियामा नियमित रुपले कन्सर्टहरुमा गइरहने भएता पनि नेपथ्यसँग शुक्रबारको क्षणजस्तो आत्मीयता अन्यत्र कतै महशुस नगरेको पनि उनीहरुले बताए ।

सिन्धुलीमाडीबाट अष्ट्रेलिया आइपुगेकी नेहाले ११ वर्षअघि नेपथ्यले उनकै सहरमा आयोजना गरेको कन्सर्ट पनि हेरेकी रहिछन् । त्योबेला पाँच कक्षामा पढ्ने उनी काकाहरुको साथमा गएकी थिइन् ।

‘त्योबेलादेखि मैले सकेसम्म नेपथ्यको कन्सर्ट छुटाउँदिन भनेर मनमनै सोचेको थिएँ,’ उनी भनिरहेकी थिइन्, ‘आज फेरि नेपथ्य अनुभव गरिरहँदा वाल्यकालका दिनहरु पनि खुबै याद आए ।’

मानस्वी भने सिड्नीदेखि यो कन्सर्ट हेर्नकै लागि क्यानबेरा आइपुगेकी रहिछन् ।
सानै हुँदा नेपथ्यले ‘भेँडाको ऊनजस्तो’ गीत रिलिज गरेको र लगत्तै आफ्नो सहर धुलाबारीमा कन्सर्ट गरेको सम्झना मानस्वीसँग थियो ।

‘उहिलेदेखि मनपरेको त्यो गीत यहाँ आएर यति रमाइलोसँग सुन्न पाइयो,’ उनी भनिरहेकी थिइन्, ‘म केहि दिनपछि हुने सिड्नीको कन्सर्ट पनि हेर्न आइपुग्छु ।’
‘नैनाताल’ सुनाएपछि नेपथ्यले जसै ‘यो जिन्दगानी’ गाउन थाल्यो पर्दामा मानवसेवा आश्रमले उद्धार गरेका सडक आश्रितहरुको हृदयविदारक दृश्य बग्न सुरुभएको थियो । यसरी विरक्तलाग्दो हिसाबले कसैले बाँच्नु नपरोस् भनेरै यो सिंगो वर्ष ब्याण्डले ‘मानवताका लागि संगीत’ अभियान अघि बढाएको उल्लेख गर्दै गायक अमृतले त्यसै अभियानलाई लिएर गएको महिना नेपालभरको भब्य यात्रा सम्पन्न भएको पनि उल्लेख गरे ।

त्यसपछि दर्शकहरुमा तीब्र तरंग पैदागर्ने हिसाबले ‘मै नाचे छमछमी’, ‘रेशम’ हुँदै ‘तालको पानी’ सुनाइएको थियो । अन्तिममा भने ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम अवधिमा अमृतले उपस्थित नेपाली दर्शकहरुको साथ पाइरहँदा एकमनले खुशी र अर्को मनले दुःखी पनि महशुस भइरहेको उल्लेख गरे । ‘तपाइहरु यहाँ आएर उज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुशी छु,’ उनी भनिरहेका थिए, ‘तर, यत्तिका उर्जावान् तन्नेरीहरुलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ ।’

नेपालका युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्न उनले मञ्चबाटै नेताहरुलाई आव्हान पनि गरे । त्यसो नगरिएमा आउने समयले उनीहरुलाई माफ नगर्ने चेतावनी पनि दिए ।

मञ्चमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । कलाकारको यो टिमबाहेक ब्यवस्थापक र प्राविधिकहरुको १३ सदस्यीय टोली यात्रामा सरिक छ ।

‘यो कार्यक्रम भब्य रुपले सम्पन्न त भयो नै,’ स्थानीय आयोजक गौरव दहाल भनिरहेका थिए, ‘उपस्थित प्रत्येक दर्शकले सकारात्मक उर्जा बोकेर हलबाट बाहिरिएको देख्दा झनै खुशी लाग्यो ।’

यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुती सम्पन्न भएपछि ब्याण्ड अब ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुगेको छ । फेब्रुअरी ५ तारिख आइतबारका दिन त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको पाँचौ प्रस्तुती रहनेछ ।

फेब्रुअरी १० तारिख सिड्नीको ‘होडर्न पभिलियन’, फेब्रुअरी १३ तारिख मेलबर्नको ‘फोरम’ र अन्त्यमा अष्ट्रेलियाकै पुछारमा रहेको बेग्लै टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन प्रस्तुत भएपछि नेपथ्य स्वदेश फिर्नेछ ।

आइतबार, माघ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.