काठमाडौं– अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहेका पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक भएको छ ।
Advertisement
ओलीकै शब्द संगीत, ओली र गायिका शान्ति श्री परियारको स्वर रहेको डाली लपक्कै गीत सार्वजनिक भएको हो । गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको गीतको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माले अभिनय प्रस्तुत गरेका छन् ।
ओलीका यस अघिका बुटवल बसपार्क, धानै कुट्ने ढिकी, माछी बस्यो र खोलिमा पानी लगायतका गीतहरु चर्चित रहेका छन् ।