काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत भएकी छिन् ।
Advertisement
महोत्सव आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै अभिनेत्री कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा चुनिएको फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए ।
अध्यक्ष पाठकका अनुसार पाँच जना जुरीमध्ये बाँकी तीनचाहिँ विदेशी फिल्ममेकर हुनेछन् । अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्य र बलामी वृत्तचित्र जुरी कमिटीमा मनोनीत भएको हो ।
आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौँमा निफ आयोजना हुँदै छ।