काठमाडौं- मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले नयाँ संस्करणका लागि आवेदन खुला गरेको हो।
Advertisement
प्रतियोगितामा सहभागी हुन इच्छुकले १ चैतसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्। प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गरिने छ।
नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ। प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन गर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए। इटहरी, वीरगञ्ज पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा अडिसन हुनेछ।