• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

नेपथ्यको ‘भटभटे’ले नोस्टाल्जिक बनायो डार्बिनका नेपालीलाई


बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

डार्बिन (अस्ट्रेलिया)- सरस्वती पूजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अस्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो। भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार ठीक ७ बज्दा चिरपरिचित घडी देखिन शुरु भयो। त्यसको आधा घण्टामै यो वर्ष अस्ट्रेलिया यात्राकै पहिलो नेपथ्य आवाज गुञ्‍जिन थाल्यो।

Advertisement

दर्शकदीर्घा डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरूको मिश्रित भीडले भरिएको थियो। कन्सर्टको शुरुवात नेपथ्यको ताजा सिर्जना ‘भटभटे’बाट भयो। गीत चलिरहँदा काठमाडौंको अस्तव्यस्त सडकमा छायांकन गरिएको त्यसको म्यूजिक भिडियो पछाडि पर्दामा देखाइएको थियो। त्यसले हाल डार्बिनमा बस्दै आएका थुप्रै काठमाडौका पुराना बासिन्दालाई घरको सम्झनाले घच्घच्याएको देखिन्थ्यो।

त्यसपछि ब्यान्डको प्रारम्भिक दिनदेखिकै चर्चित गीत ‘छेक्यो छेक्यो’ सुनाइएको थियो। यसअघि सन् २०१९ मा नेपथ्यले यसैगरी अस्ट्रेलियाको टुर गरिरहँदा उक्त गीतका सर्जक शुक गुरुङको नेपालमा देहावसान भएको थियो। परदेशमा यो सुनेर दुःखी भएको ब्यान्डले लगत्तैको मेलबर्न कन्सर्टमा स्टेजबाटै गुरुङप्रति श्रद्धाञ्‍जली अर्पण गरेको थियो। यसपटक डार्बिनमा कन्सर्ट आयोजना हुनुभन्दा ठीक एक दिनअघि चार वर्षअघिको त्यही भिडियो रेकर्डलाई ब्यान्डले आफ्नो आधिकारिक युट्युब च्यानलबाट रिलिज गरेको थियो।

त्यसपछि ‘भेडाको ऊनजस्तो’ गीतसँगै हलभित्र हिउँको वर्षा हुन थालेपछि तातो डार्बिनका बासिन्दाहरू रमाउँदै नाच्‍न शुरु गरेको देखिन्थ्यो।

‘तपाईंहरूलाई यहाँ देख्दा मलाई गाउँमै पुगेको भान पर्दैछ,’ ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब म तपाईंहरूलाई हाम्रो उतै गाउँको रोदीघरतिर लैजान्छु।’ त्यसपछि ‘लामपाते सुरती’ गाइरहँदा दर्शकहरू गाउँकै सम्झनाले भावुक बनेर रमाएका देखिन्थे।

‘जोमसोमे बजार’ र ‘शिरफूल शिरैमा’जस्ता गीतहरू गाउँदा पछाडि दृश्यमा पहाडी अनि हिमाली भेगका यात्राको क्रममा खिचिएका दृश्य देखाइएको थियो। त्यसले दर्शकलाई पनि जोमसोम र धौलागिरितिरै पुर्‍याएको थियो।

‘हाम्रा सुन्दर डाँडाकाँडाहरू पैदल घुम्‍ने अवसर पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ अमृतले भने, ‘अर्कोपटक तपाईंहरू पनि नेपाल पुग्दा त्यसैगरी गाउँ ठाउँ पुग्‍ने अवसर नगुमाउनु होला।’

भर्खरै नेपालमा ‘मानवताको लागि संगीत’ नारा बोकेर सिंगो मुलुक भ्रमण गरेको नेपथ्यले यस वर्ष पूरै त्यसै नाराका साथ आफूलाई अघि बढाउने संकल्प लिएको छ। संगीतका माध्यमबाट मानवताको प्रबर्द्धन हुन सकोस् भन्‍ने भावनाले यसो गरिएको हो।

बुधबारको कन्सर्टकै क्रममा नेपथ्यको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ सुनाइरहँदा त्यसै संकल्पको झझल्को पछाडिको पर्दामा पनि देखिन्थ्यो। अस्ट्रेलियाका दर्शकहरूमाझ पनि मानवसेवा आश्रमबाट उद्धार गरिएकाहरूको दृश्य राखेर तयार पारिएको भिडियो नै पृष्‍ठभूमिमा प्रस्तुत गरिएको थियो।

यो गीत सकिनेबित्तिकै अमृतले उपस्थित डार्बिनका दर्शकलाई मानवताको खातिर अघि बढ्न आह्वान गरेका थिए।

त्यसपछिको चरणमा भने दर्शकहरूलाई उफार्ने गरी ‘जोगले हुन्छ भेट’, ‘रेशम’ र ‘तालको पानी’जस्ता गीत प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्त्य भने राष्‍ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाएर गरिएको थियो। त्यस क्रममा नेपालीहरू जता बसे पनि हाम्रो भाषा र संस्कृतिलाई जोगाएर राख्न अमृतले अनुरोध पनि गरेका थिए।

‘यो कार्यक्रम हेरुन्जेल मनोरञ्‍जन मात्र नभई पुराना दिनका याद र चेतनामूलक सन्देशले असाध्यै छोइरहेको थियो,’ डार्बिनका आयोजक सुबिन कँडेल भनिरहेका थिए, ‘कार्यक्रम हेर्न आएका सबैजसो दर्शकबाट असाध्यै उत्साहजनक प्रतिक्रिया पाइरहेको छु।’

यसअघि नेपाल छाड्ने बेलामा ब्यान्डलाई अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले शुभकामना सन्देश पठाएकी थिइन्। त्यसैगरी, अस्ट्रेलियामा ओर्लनेबित्तिकै राजधानी क्यानबेराबाट नेपालका राजदूत कैलाश पोखरेलले शुभकामनाका साथ स्वागतका सन्देश सम्प्रेषण गरेका थिए।

यो यात्रामा कलाकार, प्राविधिक र व्यवस्थापक गरेर १३ सदस्यीय टोली सरिक छ।

स्टेजमा भने सधैंझैं अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

यसरी उत्तरको डार्बिनबाट शुरु भएको नेपथ्यको अस्ट्रेलिया शृंखला अब दक्षिणको ‘साउथ अस्ट्रेलिया’ राज्यतर्फ बढ्नेछ। त्यसको राजधानी एडिलेडस्थित ‘हिन्डले स्ट्रिट म्युजिक हल’मा २८ जनवरी शनिबार नेपथ्यका गीतहरू सुनाइने छन्। त्यस हलमा चार वर्षअघि पनि नेपथ्य प्रस्तुत भएको थियो।

एडिलेडपछि ब्रिसबेनको ‘फोर्टिच्युड म्युजिक हल’, क्यानबेराको ‘म्येनिङ क्लार्क हल, पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’ हुँदै अन्तिममा ब्यान्डको यात्रा अस्ट्रेलियाकै पुछारतर्फको हुनेछ। बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा १७ फेब्रुअरी तारिख शुक्रबार यसपटक अस्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती नेपथ्यले दिनेछ।

बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.