काठमाडौं- अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलमा छोटो फिल्म ‘ब्लड मनी’बाट ऋचाले उक्त अवार्ड जितेकी हुन् ।
Advertisement
२७ मिनेट लामो फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिका छ । फेस्टिभलमा एक सयभन्दा बढी देशका फिल्म सहभागी भएका थिए ।
ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि फेस्टिभलमा सम्मान गरिएको थियो ।
यो फिल्मले यसअघि पनि सिंगापुरको ओल्ड फिल्म कार्निभल फेस्टिभल लगायतका महोत्सवमा अवार्ड जितेको थियो ।