काठमाडौं- धरानका मेयर हर्क साम्पाङलाई अभिनेत्री साम्राज्ञीसहितको कलाकार टोलीले रुद्राक्षका बिरुवा दिएका छन्। ‘ह्यारी कि प्यारी’ चलचित्र प्रचारका क्रममा धरान पुगेका टिमले एक सयवटा रुद्राक्षको बिरुवा हस्तान्तरण गरेका हुन्।
Advertisement
सोही चलचित्रका अभिनेता जितु नेपाल र निर्देशक कपिल रिजालसहित उनले सो बिरुवा मेयर साम्पाङलाई प्रदान गरेकी हुन्।
‘ह्यारीकी प्यारी’का निर्देशक कपिल रिजाल चर्चित डा. भोला रिजालका छोरा हुन्। साम्राज्ञी र जितुको मुख्य भूमिका रहेको चलचित्र यहीँ माघ २० गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ ।