काठमाडौं- अभिनेत्री केकी अधिकारी र आँचल शर्मा यो वर्षका सफल सहयात्री हुन्।
Advertisement
उनीहरुले ज्ञानेन्द्र देउजाको फिल्म ‘झिंगे दाउ’मा सँगै अभिनय गरे। केकी र आँचलले एकसाथ सफलताको स्वाद चाखे।
तर, आउँने वर्षको सुरुवातमै केकी र आँचलबीच व्यवसायीक भिडन्त हुने भएको छ। केकी अभिनित ‘प्रसाद २’ र आँचल अभिनित ‘नाई नभन्नु ल ६’ एकसाथ रिलिज हुने भएपछि यी दुईबीच व्यवसायिक भिडन्त पक्का भएको हो। यी दुबै फिल्म नेपाली नयाँ वर्षमा रिलिज हुँदैछन्।
केकी अभिनित प्रसाद र आँचल अभिनित ‘नाइँ नभन्नु ल ६’ दुबै सफल फिल्मका सिक्वेल हुन्।
त्यसैले दुबै फिल्मलाई लिएर दर्शक प्रतिक्षित बनेका छन्। फिल्म ‘प्रसाद २’ सुदर्शन थापाले निर्देशन गरेका छन्। ‘नाई नभन्नु ल’को छैटौं सिरिज विकासराज आचार्यले ब्राण्डका रुपमा स्थापित गरेको फिल्म हो।