• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

गायक राजेश पायल राईसँगै झुमे विद्यार्थीहरू


आइतबार, माघ ०१, २०७९ मा प्रकाशित

काठमाडौं- साङ्गीतिक कार्यक्रमका लागि हाल जापानमा रहेका गायक राजेश पायल राईले शुक्रबार अपरान्ह यहाँस्थित एभरेस्ट इन्टरनेशनल स्कुलको भिजिट गरेका छन् ।

Advertisement

गायक राईलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा एभरेस्ट स्कुलका सयौं कलिला विद्यार्थीहरू हर्षले विभोर हुँदै उनलाई तालीको गडगडाहतले न्यानो स्वागत गरेका थिए ।

विद्यालयको प्राङ्गणमा गायक राईको आगमनसँगै फेरिएको माहौल र उनीप्रति देखिएको क्रेज साँच्चिकै हेर्न लायक थियो । अटो लिने र सेल्फी खिच्ने विद्यार्थीहरुद्वारा घेरिएका गायक राई आफै पनि विद्यार्थीहरूको बिचमा आफूलाई पाउँदा प्रफुल्ल देखिन्थे ।

छोटो मन्तव्यका क्रममा गायक राईले विद्यार्थी नानीबाबुहरूलाई आफ्ना बाबुआमा र गुरुहरूप्रति सधैँ आज्ञाकारी हुन आग्रह गरे । विदेशमा बसे पनि नेपाली भाषा र संस्कृतिलाई कहिले नभुल्न आग्रह गर्दै उनले भने– हाम्रो जस्तो पुरानो सभ्यता र सँस्कृति संसारमा अन्त कतै छैन, यसमा हामीले गर्व गर्नुपर्छ, नेपाली गीत–संगीतलाई पनि या गरिदिनुहोला । नयाँ पुस्तालाई देशको माटोसंग जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न स्कुललाई अझ थप सफलता मिलोस् ।’

विद्यार्थीहरूको विशेष आग्रहमा राईले उनका सदाबहार गीतहरु मध्यका ‘सागर सरी चोखो माया’, ‘दर्शन नमस्ते’ र एउटा जापानी गीत गाएर सुनाएका थिए । उनको गीतमा विद्यार्थीहरूले भरमग्दुर मनोरञ्जन लिएका थिए ।

गायक राईलाई विद्यालयको तर्फबाट सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपाल र सल्लाहकार तिलक मल्लले खादा ओढाएर स्वागत गरेका थिए । गायक राईको विद्यालयका शिक्षक–शिक्षिकाहरूसँग भएको भलाकुसारीका क्रममा आफ्ना साङ्गीतिक यात्राका अविस्मरणीय अनुभव सुनाउँदै विद्यालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए । सो अवसरमा विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद भट्टले गायक राईको न्यानो स्वागत गर्दै यस प्रकारका हाइ प्रोफाइलका व्यक्तित्वहरूबाट हुने विद्यालयको अवलोकन भ्रमणले आफूहरूलाई हौसला एवं ऊर्जा मिल्ने गरेको बताए । प्रिन्सिपल भट्टले यस अवसरका लागि आयोजक संस्था नेपाल आदिवासी जनजाति महासङ्घ जापानप्रति आभार व्यक्त गरे ।

विद्यालयले उनलाई मायाको चिनोस्वरुप विद्यालयको लोगो, लोगो अङ्कित डायरी र कलम प्रदान गरेको थियो भने गायक राईले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै १० हजार येन चन्दा हस्तान्तरण गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासङ्घ जापानको निमन्त्रणामा जापानको विभिन्न सहरहरूमा भइरहेको साङ्गीतिक कार्यक्रमका लागि गायक राई जापान आएका हुन् । उनीसँगै गायिकाद्वय सबिना लिम्बु र समृद्धि परियार पनि जापान आएका छन् । उनीहरुको विशेष साङ्गीतिक प्रस्तुति रहेको कार्यक्रम जापानको नागोया, फुकुओका, ओसाकामा भइसकेका छन् भने आज शनिबार चिबाकेनको फुनाबासीमा र भोलि आइतबार टोकियोको इकेगामीमा हुन गईरहेको छ । यसैगरी १८ तारिख बुधबार ओकिनावामा अन्तिम कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष सञ्जिव चाम्लिङ राईले जानकारी दिएका छन् ।

आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.