काठमाडौं- टेलिभिजन अभिनेत्री तुनिशा आत्महत्या प्रकरणमा हरेक दिन नयाँ-नयाँ तथ्य सार्वजनिक भइरहेका छन्।
सुटिङ सेटमै आत्महत्या गरेकी तुनिशा आत्महत्या प्रकरणमा पक्राउ परेका शिजनले अदालतमा आफू मुस्लिम भएकोले समातिएको बताएका छन्।
आफू मुस्लिम धर्मबाट आएकोले मात्रै पक्राउमा परेको जिकिर उनले गरेका छन्।
शिजनका वकिलले तुनिशासँगको ब्रेकअपपछि पनि दुईबीचको सम्बन्ध सामान्य रहेकोले उनको आत्महत्यासँग शिजनको कुनै सरोकार नभएको बयान दिएका छन्।
मिश्रले शिजन मुस्लिम भएकोले उनलाई पक्राउ गरिएको तर्क गर्दै धरौटीमा रिहा गर्नु पर्ने उल्लेख गरेका छन्।
यता तुनिशाका वकिलले अभिनेत्री प्रत्युषा बनर्जी र मोनिका जाधव मुद्दाको सन्दर्भ जोड्दै अनुसन्धान अभियुक्तलाई धरौटीमा छोड्नु नहुने तर्क पेस गरेका छन्।
तुनिशाका वकिलले न्यायाधीशसामु शिजन धरौटीमा रिहा भएमा शिजनले प्रमाण नष्ट गर्ने बताएका छन्।
तुनिशाले २४ डिसेम्बरमा सुटिङ सेटमै झुण्डिएर आत्महत्या गरेकी थिइन्।
तुनिशाले आत्महत्या गरेको केही घण्टापछि उनकी आमाको उजुरीमा उनको सहकलाकार शीजान मोहम्मद खानलाई प्रहरीले पक्राउ गरेको थियो।
आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी शिजनलाई प्रहरी हिरासतमा पठाइएको छ।