मुम्बई- एसएस राजामौलीको फिल्म ‘आरआरआर’का गीतले गोल्डेन ग्लोब अवार्ड पाएका छन्।
Advertisement
फिल्मको ‘नाटु नाटु’ गीतलाई गोल्डेन ग्लोब अवार्डको बेस्ट ओरिजिनल सङ मोसम पिक्चरको सम्मान दिइएको हो।
यो फिल्ममा जुनिएर एनटीआर र रामचरणको मुख्य भूमिका छ। उक्त गीतमा पनि उनीहरू दुवैलाई फिल्मांकन गरिएको छ।
अमेरिकाको क्यालिफोर्नियामा ८०औं गोल्डेन ग्लोब अवार्ड समारोह भइरहेको छ।