काठमाडौं- कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो संस्करण शुरु हुने भएको छ। यसअघि दुई सिजन प्रसारण गरिएको शो पछिल्लो समय बन्द छ।
Advertisement
‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा कलाकारसहित अध्यक्ष परिवर्तन हुने छन्। पहिलो सिजनमा दीपाश्री निरौला र दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्ष भएका थिए। तेस्रो सिजनमा भने नायिका प्रियंका कार्की शोको अध्यक्ष हुने भएकी हुन्।
शोमा योपटक दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना लगायतका नयाँ कलाकार थपिएका छन्। राजेन्द्र नेपाली ‘लट्टे’ र एलिना बाँस्कोटा नयाँ सिनमा पनि दोहोरिने छन्।
मुन्द्रेको कमेडी क्लबलाई दिनेश डिसीले निर्देशन गर्नेछन्।