काठमाडौं- आज अर्थात् ४ जनवरी, गत २४ डिसेम्बरमा आत्महत्या गरेकी टीभी अभिनेत्री तुनिशा शर्मा जन्मिएको दिन हो।
उनले २० वर्षको उमेरमा आत्महत्या गरेकी थिइन्। उनको आत्महत्याबारे विभिन्नखाले कुरा सार्वजनिक भइरहेका छन्।
तुनिशाको परिवारसँग निकट पवन तुनिशाकी आमाको भाइ हुन्। तुनिशाको मृत्युपछि उनको परिवारलाई विभिन्न आरोप लागिरहेका छन्। तुनिशाकी आमा वनिताले आफ्नो जन्मदिनमा तुनिशाको मोबाइल तोडेको, धर्म परिवर्तनमा दबाब दिएकोलगायत आरोप लगाइएको हो।
तुनिशा आत्महत्या प्रकरणमा अभिनेता शिजान मोहम्मद खान पक्राउ परेका छन्। शिजाम तुनिशाका प्रेमी थिए। शिजामको परिवारले वनिताले छोरी तुनिशालाई मानसिक शोषण गर्ने गरेको आरोप लगाएको छ।
तर तुनिशाको परिवारले आरोप मिथ्या भनेका छन्। उनले तुनिशा आफ्नी आमाको सबैभन्दा नजिक रहेको बताइन्छ। शिजाम परिवारले धर्म परिवर्तनका लागि आमाले दिएको दबाबको आरोप पनि झुटो भएको तुषिशाको परिवारले जनाएको छ ।
तुनिशाले धर्मपरिवर्तनका बारेमा आमासँग कुरा गरेको भए पनि आमा–छोरीको यो विषयमा कुनै झगडा नभएको र दबाब नदिएको परिवारको भनाइ छ ।