काठमाडौं- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को एक गीतमा आइटम डान्स गरेकी रेखा थापाले आफू आमा बन्ने तयारीमा रहेको खुलासा गरेकी छन्।
Advertisement
उनले ‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा भनिन्, ‘सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्छ। नयाँ फिल्मको तयारीमा छौं । जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवान्ले चाहे हुन सक्छ। यसरी बुझ्नुस न, भान्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्।’