• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बोर्ड अध्यक्ष भएपछि भुवनका ६ महिनाः ७ विवाद


    Avatar photo
शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

काठमाडौं- नेपाली फिल्म उद्योगका सुपरस्टार हुन्, भुवन केसी।

Advertisement

उनले लामो समय फिल्म उद्योगमा बिताएका छन्। तर उनी सधैं विवादको केन्द्रमा रहने अभिनेतामा पर्छन्। उनी केही न केही कारण चर्चामा आइरहन्छन्।

पछिल्लो ६ महिनायता भुवन केसी झन् धेरैवटा विवादमा परेका छन्। गत ९ साउनमा नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएसँगै शुरु भएको भुवनको विवाद श्रृंखला अझै रोकिएको छैन।

यसै साता अभिनेत्री पूजा शर्मालाई उनले दिएको नियुक्तिले विवाद झन् धेरै चर्किएको छ। भुवन बोर्ड अध्यक्षमा नियुक्त हुँदै गर्दा केही विवादका स्वर सुनिए पनि ठूलो संख्यामा रहेका चलचित्रकर्मीले उनीसँग निकै आश गरेका थिए। तर त्यो आशा निराशामा परिणत भएको छ। पद बहालीयता भुवनका ६ महिना विवादमा मात्रै बितेका छन्। नियुक्त भएको यो ६ महिनामा उनले विदेश भ्रमण, सार्वजनिक कार्यक्रम र भेटघाटमा बोर्डको पैसा ज्यादा खर्च गरेको गुनासो पनि सुरु भएको छ।

६ महिनामा ७ विवाद

विवाद १

भुवन केसी बोर्ड अध्यक्षमा नियुक्त भएसँगै उनीविरुद्ध सर्वोच्चमा रिट पर्‍यो। उनीसँगै अध्यक्ष हुने दौडमा रहेका नरेशकुमार पौड्यालसहित ५ जनाले उनको योग्यतामा प्रश्न उठाउँदै मुद्दा हाले। उनीहरुले भुवनलाई अध्यक्षको हैसियतमा कामकाज गर्न नदिन अल्पकालीन अन्तरिम आदेश माग गरेका छन्। तर उक्त मुद्दाको किनारा लागेको छैन। उनीविरुद्ध परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश डा। आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न रोक नलगाउन आदेश दिएको थियो। त्यसैले केसी अध्यक्षको हैसियतले काम गरिरहेका छन्।

विवाद २

केसीले बोर्डमा ५ सदस्य सल्लाहार समिति बनाए। सबै सल्लाहकार पुरुष राखे। ५ सदस्यीय सल्लाहाकार समितिमा एकजना पनि महिला नपरेपछि प्रश्न उठाइयो। आलोचना नरोकिएपछि उनले उक्त समितिको सदस्य संख्या बढाएर एक जना महिला घुसाए। अहिले उनले सल्लाहार समितिको संख्या बढाएर ८ पुर्‍याएका छन्।

विवाद ३

बोर्डमा पुगेपछि उनी फिल्म ‘प्रकाश’को विवादमा मुछिए। उनले यो फिल्म असफल बनाउन लागिपरेको आरोप खेप्नुपर्‍यो। प्रकाश टिमले उनलाई फिल्म असफल बनाउन उपयुक्त शो नदिएको तथा थोरै शो दिएको आरोप लगायो। भुवन केसीका छोरा अनमोल केसीका प्रतिस्पर्धी नायकका रुपमा हेरिएको प्रदीप खड्का अभिनित फिल्म सफल हुँदा छोराको करिअरमा धक्का लाग्ला भनेर भुवनले प्रकाशलाई असफल बनाउन खोजेको दाबी गरियो। त्यसताका सबैतिरबाट उनको चर्को विरोध भयो।

विवाद ४

भुवन केसी अर्को फिल्म ‘प्रेमगीत ३’ को विवादमा पनि मुछिए। यो फिल्मको हिन्दी भर्सन सम्बन्धमा गरेको निर्णयले उनको चौतर्फी आलोचना भयो। फिल्म प्रदर्शनमा बोर्डले रोक लगाएको देखि शोमा समेत कन्ट्रोल गरिएकोसम्मका विषयमा उनीविरुद्ध निर्माता सन्तोष सेनले विद्रोह नै गरे। चौतर्फी आलोचनापछि हिन्दी डब भए पनि फिल्म नेपाली नै भएको भन्दै समस्या समाधान गरिएको थियो।

विवाद ५

हालै कतारमा सम्पन्न विश्वकप फुटबलको समय पनि केसी विवादमा तानिए। पहिले हलमा विश्वकप देखाउन अनुमति दिएर पछि देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी विवादमा परे। विश्वकप हलमा देखाउन बोर्डले बक्सअफिस कोडसमेत उपलब्ध गराएको थियो। उक्त कोड कर्मचारीको लापरबाही भन्दै रोक लगाइएको थियो। जसको विरोध चलचित्र प्रदर्शकले खुलेरै गरेका थिए।

विवाद ६

केही दिनअघि मात्र पनि केसी फिल्म रिलिजका लागि ७ दिनअगाडि सेन्सर गरिसक्नुपर्ने नियम लगाएर विवादमा परे। उनको यो निर्णयविरुद्ध हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघले राष्ट्रिय भेला गर्दै चरणबद्ध आन्दोलन घोषणासमेत गरेको थियो। विरोध चर्किंदै जाँदा केसीले बोर्ड बैठकबाट ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियम संशोधन गर्दै ४ दिन बनाएपछि चलचित्र संघले विरोधका कार्यक्रम फिर्ता लियो। ७ दिन अगाडि सेन्सर नियमको चलचित्र संघबाहेक चलचित्र क्षेत्रका संघःसंस्थाले समर्थन गरेपछि भुवन पछि हटेका थिए।

विवाद ७

यसपछि चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री पूजा शर्माको नियुक्ति विषयमा केसी विवादमा परेका छन्। बलात्कार आरोपित पल शाहका पक्षमा पटकपटक उभिएर पीडित नाबालिगलाई थप पीडा दिने अभिनेत्रीलाई महिला चलचित्रकर्मी माथि हुनसक्ने लैङ्गिक हिंसा, शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा नियुक्ति गरेको भन्दै भुवनको चर्को आलोचना भइरहेको छ।

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.