काठमाडौं- अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा पनि जोडिएका छन् ।
Advertisement
निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा झालाई अनुबन्धित गरेको हो ।
फिल्मका लागि केही दिनअघि अभिनेत्री विपना थापा पनि भित्रिएकी थिइन् । पुरानी अभिनेत्री थापाको १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन हुने भएको छ ।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्दलगायतका कलाकारको अभिनय रहनेछ ।
१ फेब्रुअरीदेखि छायांकन शुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ शुरु हुनेछ । यसैगरी दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।